

काठमाडौं – राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला समिति दुई भागमा विभाजित भएको छ। राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समिति घोषणा गरेको हो।
चाबहिलमा आज भएको जिल्ला अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएपछि अध्यक्ष राजेन्द्र लिङदेनले अधिवेशन स्थगन गरेका थिए। स्थल छोड्दै गर्दा उनले अधिवेशनमा बाह्य घुसपैठ भएको संकेत गरे।
लिङदेन बाहिरिएपछि असन्तुष्ट पक्षले ज्योति लामाको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको घोषणा गर्यो।





Write your Comment