राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान सरकार बनेको प्रधानमन्त्री ओलीको दाबी

रातोघर

 २०८२ श्रावण २८, बुधबार  मा प्रकाशित
२३९ पाठक संख्या


काठमाडौं – प्रधानमन्त्री केपी ओलीले राजनीति र नीतिमा देखिएको अस्थिरतालाई अन्त्य गर्न अहिलेको सरकार बनेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद्को बहसलाई अर्थहीन विषयमा प्रयोग भइरहेको भन्दै आलोचना गरे।

उनका अनुसार सरकारका सकारात्मक काममाथि प्रश्न उठाउनुभन्दा गाली, निन्दा र आरोपमार्फत युवालाई भ्रमित गर्ने र समाजलाई उत्तेजित गर्ने नियतका बहस बढिरहेका छन्।

ओलीले संसद्मा उठ्ने विषयहरू राष्ट्रिय आवश्यकता अनुरूप नभएको र सदनलाई सामाजिक सञ्जालका लागि कन्टेन्ट उत्पादन गर्ने थलोमा बदल्ने प्रयास भइरहेको टिप्पणी गरे।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban