

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ दोस्रो साता चीन भ्रमणमा जाने भएका छन् । उनी सांघाइमा आयोजना हुने विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी हुनेछन् । सो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि उपस्थित हुनेछन्, जससँग ओलीको भेट हुने कार्यक्रम छ ।
अगस्ट ३१ र सेप्टेम्बर १ मा तियानजिन शहरमा हुने सम्मेलनपछि प्रधानमन्त्री ओली भारतको औपचारिक भ्रमण गर्ने तयारीमा छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेबारे परामर्श भए पनि अन्ततः प्रधानमन्त्री ओली जाने निर्णय भएको हो ।
गत वर्ष प्रधानमन्त्री भएपछि ओलीको पहिलो विदेश भ्रमण चीनमै भएको थियो । एक वर्षभित्र यो उनको दोस्रो चीन भ्रमण हुनेछ । विश्व राजनीतिक ध्रुवीकरणबीच हुने यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।





Write your Comment