विधान संशोधन सुझाव संकलनका लागि एमाले कोशी प्रदेशमा कार्यदल गठन

रातोघर

 २०८२ श्रावण २९, बिहिबार  मा प्रकाशित
१९९ पाठक संख्या


विराटनगर । नेकपा एमाले कोशी प्रदेशले विधान महाधिवेशनका लागि आवश्यक विषयहरूमा सुझाव संकलन गर्न सचिव राजकुमार भण्डारीको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको छ ।

हिजो र अस्ती धनकुटाको हिलेमा सम्पन्न प्रदेश कमिटी बैठकले मातहतका कमिटीबाट सुझाव संकलन गरी केन्द्रमा पठाउने उद्देश्यले कार्यदल बनाएको अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

कार्यदलका सदस्यहरूमा अनन्त साँवा (ताप्लेजुङ), प्रेम गीरी (झापा), इन्द्रमणी पराजुली (धनकुटा), खड्ग राई (संखुवासभा), इश्वरमणी राउत (उदयपुर), सत्यनारायण चौधरी (मोरङ), सृजना राई (भोजपुर), राजन ढकाल (खोटाङ) र सोम पोर्तेल (झापा) रहेका छन् ।

खतिवडाका अनुसार भदौ ३ गतेदेखि प्रदेशका १४ वटै जिल्लामा जिल्ला कमिटी बैठकहरू हुने छन् । एक साताभित्र सम्पन्न हुने ती बैठकहरूमा विधान संशोधनका विषयमा बहस गरी प्राप्त सुझावहरू प्रदेश कमिटीमार्फत केन्द्रीय कार्यालयमा पठाइनेछ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban