

काठमाडौं । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षासँगै सम्झौतामा हस्ताक्षर र आदानप्रदान हुनेछ ।
गत वर्ष भदौ २७ गते भएको यस प्रकारको सम्झौता यस वर्ष झण्डै एक महिना अगाडि हुन लागेकाले वर्षभरका कामलाई छिटो र प्रभावकारी बनाउन यसलाई मुख्य आधार बनाइने प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिए ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पूर्वाधार निर्माण र सेवा प्रवाहमा सुधारका काम तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमै सुरु भएको हो ।
प्रधानमन्त्रीसँग सम्झौता गरेका मन्त्रीहरूले पछि सम्बन्धित सचिवहरूसँग पनि कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।





Write your Comment