वामपन्थी एकताबारे झलनाथ खनाल निवासमा नेताहरूको छलफल

रातोघर

 २०८२ श्रावण २९, बिहिबार  मा प्रकाशित
२३१ पाठक संख्या


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको डल्लुस्थित निवासमा विभिन्न वामपन्थी पार्टीका नेताहरू एकताबारे छलफलमा जुटेका छन् । बैठकमा कम्युनिस्टबीचको एकता र समसामयिक राजनीतिक विषयमा विचार–विमर्श भएको हो ।

नेकपा (एकीकृत समाजवादी) तर्फबाट नेता खनालसहित स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारी, केन्द्रीय सदस्य केदार सन्जेल र रामेश्वर श्रेष्ठ सहभागी थिए ।

त्यसैगरी, अन्य वाम दलतर्फबाट अखिल नेपाल कम्युनिस्ट पार्टीका नारायण शर्मा र लक्ष्मण उप्रेती, क्रान्तिकारी कम्युनिस्ट पार्टीका रामबहादुर बुढा र सन्तबहादुर नेपाली लगायतका नेताहरू उपस्थित रहे ।

हाल नेकपा (एकीकृत समाजवादी) का नेताहरू वामपन्थी एकताका लागि सक्रिय छलफलमा छन् । अध्यक्ष माधव नेपालको नेतृत्वमा माओवादी केन्द्रसहितका अन्य वाम घटकसँग पनि निरन्तर संवाद भइरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban