ठमेलको होटलबाट १५५.६५ केजी बुद्धचित्तका दानासहित दुई चिनियाँ नागरिक पक्राउ

रातोघर

 २०८२ श्रावण २९, बिहिबार  मा प्रकाशित
२९२ पाठक संख्या


काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट १५५.६५ केजी बुद्धचित्तका दाना र १२ लाख ७० हजार रुपैयाँ नगदसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४६ वर्षीय लिउ जिङताव (पासपोर्ट नं. EM7565596) र २३ वर्षीय लिउ छिआ‍‍ओसुवा (पासपोर्ट नं. EK8567657) रहेका छन् । उनीहरूलाई बुधबार दिउँसो १ बजे ठमेलको जिङझिङ इन्टरनेशनल होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरू होटलको कोठा नं. ४०४ र ४०९ मा बसोबास गर्दै आएका थिए । अवैध रूपमा बुद्धचित्तको कारोवार भइरहेको सूचनाका आधारमा प्रहरीले नगदसहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूबाट १५५.६५ केजी बुद्धचित्तका दाना, १२ लाख ७० हजार नेपाली रुपैयाँ, ३ वटा मोबाइल फोन र २ थान पासपोर्ट बरामद गरेको छ । बरामद सामग्री र रकम नियमविपरीत देखिएकाले थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban