

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको हालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले हिजो प्रधानमन्त्रीले सदनमा कामको प्रगति भन्दा बढी विपक्षीमाथि कटाक्ष गर्न समय खर्चेको टिप्पणी गरिन् ।
उनका अनुसार, बहुविवाहसम्बन्धी कानुनको विषयमा प्रधानमन्त्रीले झूटो अभिव्यक्ति दिएका छन् । “सरकारले बहुविवाहलाई घुमाएर वैधता दिन खोजेको कुरा विधेयकमा स्पष्ट देखिन्छ,” शर्माले भनिन् ।
शर्माले थपिन्, “हामीले तथ्य र प्रमाणको आधारमा संसद्मा बोलेका हौँ, तर प्रधानमन्त्रीले संसद् र सांसदलाई सामाजिक सञ्जालको कन्टेन्ट निर्माण गर्ने थलो भनेर अपमान गर्नुभयो, जसप्रति म खेद प्रकट गर्छु।”
उनले देशका प्रधानमन्त्रीले यति हल्का टिप्पणी गर्नु सोचनीय नभएको समेत उल्लेख गरिन् ।





Write your Comment