आव २०८१/८२ मा १५ खर्ब ८ अर्ब खर्च, राजस्व १४.४१ प्रतिशतले बढ्यो

रातोघर

 २०८२ श्रावण ३०, शुक्रबार  मा प्रकाशित
२७७ पाठक संख्या


काठमाडौं — आर्थिक वर्ष २०८१/८२ मा सरकारले कुल १५ खर्ब ८ अर्ब २३ करोड खर्च गरेको छ, जुन अघिल्लो वर्षको १४ खर्ब ८ अर्ब ७६ करोडभन्दा बढी हो। चालुतर्फ ८५.९५ प्रतिशत (९ खर्ब ८० अर्ब ३८ करोड), पुँजीगततर्फ ६३.२ प्रतिशत (२ खर्ब २२ अर्ब ६८ करोड) र वित्तीय व्यवस्थातर्फ ८७.८७ प्रतिशत (३ खर्ब २० अर्ब ४ करोड) खर्च भएको छ।

अघिल्लो वर्षको तुलनामा चालु खर्च २.९४ प्रतिशत र पुँजीगत खर्च १६.१५ प्रतिशतले वृद्धि भएको हो। कुल वार्षिक लक्ष्यको ८१.८७ प्रतिशत खर्च भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

राजस्वतर्फ, कर राजस्व लक्ष्यको ८१.७५ प्रतिशत र गैरकर राजस्व ९५.४५ प्रतिशत संकलन भई कुल राजस्व लक्ष्यको ८३ प्रतिशत पुगेको छ। आव २०८०/८१ मा संकलित १० खर्ब ३० अर्ब ३४ करोडभन्दा यो वर्ष ११ खर्ब ७८ अर्ब ८२ करोड संकलन भएको हो, जसमा १४.४१ प्रतिशत वृद्धि भएको छ।

आयात १३.३ प्रतिशत बढेर १८ खर्ब ४ अर्ब १२ करोड पुगेको छ भने निर्यात ८१.८ प्रतिशत बढेर २ खर्ब ७७ अर्ब ३ करोड भएको छ। कुल व्यापारघाटा १५ खर्ब २७ अर्ब ९ करोड रहेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban