वाणिज्य बैंकको नाफा ४३.३९ प्रतिशतले बढेर ७१ अर्ब नाघ्यो

रातोघर

 २०८२ श्रावण ३०, शुक्रबार  मा प्रकाशित
२२२ पाठक संख्या


काठमाडौं — आर्थिक वर्ष २०८०/८१ मा नेपालका २० वाणिज्य बैंकहरूले ७१ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४३.३९ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकहरूको नाफा ४९ अर्ब ८७ करोड रुपैयाँ थियो।

बैंकहरूको सार्वजनिक तथ्यांक अनुसार १६ बैंकको नाफा बढेको छ भने स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबिआई, एनआइसी एशिया र सिटिजन्स बैंकको नाफा घटेको छ।

सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा छ, जसले ७ अर्ब १२ करोड कमाएको छ। दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (६ अर्ब ७५ करोड) र तेस्रोमा ग्लोबल आइएमई बैंक (६ अर्ब २० करोड) छन्। प्रभु बैंकले ५ अर्ब ४४ करोड, एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड, कृषि विकास बैंकले ४ अर्ब १५ करोड र लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड नाफा कमाएका छन्।

सबैभन्दा कम नाफा कमाउनेमा एनआइसी एशिया बैंक (१६ करोड १५ लाख) रहेको छ। यसबाहेक नेपाल एसबिआई बैंक (१ अर्ब ८० करोड), हिमालयन बैंक (१ अर्ब ५१ करोड) र सिटिजन्स बैंक (१ अर्ब २९ करोड) पनि नाफा कम हुने सूचीमा छन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban