सबै सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइने : प्रधानमन्त्री ओली

रातोघर

 २०८२ श्रावण ३०, शुक्रबार  मा प्रकाशित
२१७ पाठक संख्या


काठमाडौं — प्रधानमन्त्री केपी ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याइने बताएका छन्। आइसिटी फाउण्डेशनद्वारा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनमा उनले सामाजिक सञ्जालहरूले नेपालको प्रचलित कानुनअनुसार दर्ता, कर भुक्तानी र अन्य दायित्व पूरा गर्नुपर्ने बताए।

उनका अनुसार यसअघि नै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई यसबारे निर्देशन दिइसकिएको छ। उनले सूचना प्रविधिसँग सम्बन्धित सबै कारोबारबारे नेपाल सरकारले जानकारी पाउनुपर्ने र डिजिटल प्रविधि तथा हरित ऊर्जामा नेपाल उपयुक्त भएको बताए।

प्रधानमन्त्री ओलीले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग, अनलाइन शिक्षणको सफलता र बालबालिकालाई मोबाइलको दुरुपयोगबाट जोगाउनुपर्ने विषयमा जोड दिए। हालै एआई नीति पारित भइसकेको उल्लेख गर्दै उनले सूचना प्रविधिको विकासमा निजी क्षेत्रलाई प्रोत्साहित गरिने स्पष्ट गरे।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban