

बारा । कामेश्वर चौरसिया अभिनित फिल्म ‘अभिमन्यु च्याप्टर १’ को ‘माली’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको छ । दाजु–बहिनीबीचको माया र जिम्मेवारीलाई केन्द्रमा राखेर तयार पारिएको गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ भने विषम आचार्यले संगीत संयोजन गरेका छन् ।
कलाकार कामेश्वर चौरसियाले सामाजिक सञ्जालमार्फत गीत सार्वजनिक भएको जानकारी दिँदै दर्शक–श्रोताबाट प्रतिक्रिया दिन आग्रह गरेका छन् । गीतमा दाजुले बहिनीलाई गर्ने निस्वार्थ प्रेम, उसको हाँसोमै आफ्नो खुसी देख्ने दाजुको भाव र पारिवारिक सम्बन्धको संवेदनशीलता प्रस्तुत गरिएको छ ।
यस फिल्मको हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । नेपाली संस्करण भने भदौ २७ गतेदेखि प्रदर्शनमा आउनेछ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहेको ‘अभिमन्यु च्याप्टर १’ लाई सुशान्त गौतमले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालले लेखन गरेको यस फिल्मको क्रिएटिभ निर्देशन मदन थापाले गरेका छन्।
फिल्ममा कामेश्वर चौरसियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौलाको मुख्य भूमिका रहेको छ। जीवन शाक्य लाइन प्रोड्युसर रहेका यस चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।
म्युजिक भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।
https://youtu.be/FF6Rp–02zI?si=gaNJtBoj-qdmKTGA





Write your Comment