भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक नेपाल भ्रमणमा

रातोघर

 २०८२ भाद्र १, आईतबार  मा प्रकाशित
१९९ पाठक संख्या


काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आएका छन् ।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल–भारत साझेदारीका विभिन्न आयाम, ‘कनेक्टिभिटी’, विकास सहयोग तथा दुवै देशका पारस्परिक हितसँग सम्बन्धित विविध विषयमा सचिवस्तरीय छलफल हुनेछ ।

भ्रमणको क्रममा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban