

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ देखि असोज २ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । यसपटक उनी नेपाली सेनाको विशेष विमानमार्फत सिधै बोधगया पुग्नेछन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग महाबोधी सांस्कृतिक केन्द्रमा द्विपक्षीय वार्ता र केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा ओलीले एशियाकै पुरानो नालन्दा विश्वविद्यालयमा प्रवचन दिनेछन् । प्रधानमन्त्रीसहितको नेपाली टोलीलाई बसोबासका लागि बोधगयाको ह्यात प्यालेस होटल दुई दिनका लागि खाली गरिएको भारतीय दूतावास स्रोतले जनाएको छ ।





Write your Comment