घोराही ८ का वडाध्यक्ष शाहको दुई वर्षपछि राजीनामा स्वीकृत

रातोघर

 २०८२ भाद्र २, सोमबार  मा प्रकाशित
२३६ पाठक संख्या


दाङ । घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्रबहादुर शाहको राजीनामा दुई वर्षपछि स्वीकृत भएको छ ।

शाहले २०८० असार १२ गते नगर प्रमुख नरुलाल चौधरीलाई राजीनामा बुझाएका थिए । तर, उक्त राजीनामा लामो समयसम्म प्रक्रिया नपुगेको कारण मान्यता पाउन सकेको थिएन । नगर प्रमुख चौधरीका अनुसार आफूले गएको वर्ष असारमै स्वीकृत गरे पनि सोमबार बसेको कार्यपालिका बैठकले मात्र अनुमोदन गरेको हो ।

एमालेबाट निर्वाचित शाहले बजेटमा असहमति जनाउँदै पद छाडेका थिए । आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट प्रस्तुत नै नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए । सोही क्रममा पार्टीको नीति विपरीत काम गरेको भन्दै एमालेले उनलाई २०८१ माघमा कारबाही समेत गरेको थियो ।

राजीनामा स्वीकृतसँगै शाह पदमुक्त भएका छन् । अब ज्येष्ठताका आधारमा चूडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ । शाहले अघिल्लो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा विजयी भएका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban