पुराना दलले कार्यशैली बदल्नुपर्छ : वर्षमान पुन

रातोघर

 २०८२ भाद्र २, सोमबार  मा प्रकाशित
१२२ पाठक संख्या


काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पुराना राजनीतिक दलहरूले आफ्ना कमजोरी स्वीकार गर्दै कार्यशैलीमा सुधार गर्नुपर्ने बताएका छन् ।

पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको कार्यक्रममा बोल्दै उनले दलहरूले सच्चिन तयार भए जनतामा बढ्दै गएको निराशा कम हुने उल्लेख गरे ।उनका अनुसार संसद्मा सरकार हाबी हुने प्रवृत्तिका कारण जनताका आवाज कमजोर बनेका छन् । प्रतिपक्षले उठाएका मुद्दा सत्तापक्षको संख्यागत बहुमतले दबाउने प्रवृत्ति बढेकाले यसलाई रोक्नुपर्नेमा उनले जोड दिए ।

पुनले भने, ‘सत्तापक्ष बहुमतमा हुने भएकाले सरकारका प्रस्तावहरू सजिलै संसदबाट पारित हुन्छन् । प्रतिपक्षमार्फत आएका आवाजलाई सुन्ने प्रचलन हराउँदै गएको छ, यसलाई बदल्नुपर्छ ।’साथै उनले कतिपय सांसदहरूले पूरै कार्यकाल एक शब्द पनि नबोली बिताउने, कानुन निर्माणमा सक्रियता नदेखाउने, विधेयकमाथि छलफलमा सहभागी नहुने र संशोधन प्रस्तावसमेत नदिने प्रवृत्तिप्रति आपत्ति जनाए ।

संसदलाई औपचारिकतामै सीमित नराखी जनताको भावना, आकांक्षा र मुलुकको आवश्यकता व्यक्त गर्ने थलोका रूपमा विकास गर्न माओवादी केन्द्रले आफ्नो तर्फबाट प्रयास गर्ने पुनले स्पष्ट पारे ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban