

काठमाडौं । प्रतिनिधिसभाबाट सर्वसम्मत पारित संघीय निजामती सेवा विधेयकमाथि राष्ट्रिय सभाको संसदीय समितिमा आजदेखि छलफल सुरु भएको छ ।
सोमबार बिहान ११ बजेबाट राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सैद्धान्तिक छलफल प्रारम्भ भएको हो । छलफलमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मन्त्रालयका सचिव रविलाल पन्थसहित मन्त्रालयको टिम सहभागी भएको छ ।
कानूनी प्रावधानअनुसार प्रतिनिधिसभाबाट पारित भएको विधेयक २ महिनाभित्र राष्ट्रियसभाबाट समेत पारित हुनुपर्ने भएकाले संघीय निजामती सेवा विधेयक भदौ १७ भित्र पारित गरिसक्नुपर्नेछ ।
समितिका अनुसार सोमबार सैद्धान्तिक छलफल सकिएको र आगामी बैठकदेखि दफावार छलफल सुरु हुने छ ।





Write your Comment