बीपी प्रतिष्ठानमा डा. विक्रम श्रेष्ठ उपकुलपति : ‘पैसा नबुझी पनि भीसी बन्न सकिँदो रहेछ’

रातोघर

 २०८२ भाद्र २, सोमबार  मा प्रकाशित
३७७ पाठक संख्या


विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त उपकुलपति प्रा. डा. विक्रम श्रेष्ठले पैसा नबुझीकै नियुक्ति भएको प्रष्ट पारेका छन् । पदभार ग्रहणपछि उनले ‘लगानी नगरी भीसी हुन सकिन्न भन्ने हल्ला गलत रहेछ’ भने ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले साउन २७ मा उनलाई नियुक्त गरेका हुन् । धरानका स्थायी श्रेष्ठ यसअघि बीपीमा शिक्षाध्यक्ष, विभागीय प्रमुखलगायत पदमा काम गरिसकेका छन् ।

प्रतिष्ठानका अन्य पदाधिकारीहरूले नयाँ नेतृत्वले पुरानै साख फर्काउने विश्वास व्यक्त गरेका छन् । पछिल्ला वर्षहरूमा अनियमितता र विवादले जर्जर बनेको प्रतिष्ठानलाई सुधार्ने अपेक्षा गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban