

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने सत्तापक्षको तयारीप्रति गम्भीर आपत्ति जनाएको छ ।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा मंगलबार बसेको पदाधिकारी बैठकले सरकार अधिनायकवादी र निरङ्कुश प्रवृत्तितर्फ अघि बढ्न खोजेको निष्कर्ष निकालेको हो ।
बैठकपछि पार्टी सचिव गंगा श्रेष्ठले जानकारी दिँदै प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै पहलकदमी गर्ने जिम्मा दिने निर्णय भएको बताए ।उनका अनुसार, विकसित राजनीतिक परिस्थिति र सत्तापक्षको कदमलाई लिएर बैठक लामो समय बस्न सकेन र भोलिसम्मका लागि स्थगित गरिएको छ ।
श्रेष्ठले भने, “सत्ता गठबन्धनले उपसभामुखलाई हटाउने तयारी गरिरहेको छ, जसले सरकार अधिनायकवादी बाटोमा अघि बढेको स्पष्ट देखिन्छ । विपक्षी दलको नेताको जिम्मेवारीअनुसार अध्यक्ष प्रचण्डले नै आवश्यक पहल गर्ने निर्णय बैठकले गरेको छ ।”





Write your Comment