

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड सिरिजअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ।
आजको खेलमा कप्तान रोहितकुमार पौडेललाई विश्राम दिँदै उपकप्तान दिपेन्द्रसिंह ऐरीले टोलीको नेतृत्व गरिरहेका छन्। अघिल्लो खेलमा भने ऐरीलाई आराम दिइएको थियो। यस प्रतियोगितामा प्रशिक्षकले सबै खेलाडीलाई पालैपालो अवसर दिने रणनीति अपनाइरहेका छन्।
आजको खेलमा स्पिनर सन्दीप लामिछानेलाई बाहिर राखिएको छ भने उनको स्थानमा साहब आलम समावेश भएका छन्। त्यस्तै अलराउन्डर रुपेश सिंह र गुल्शन झा टोलीमा फर्किएका छन्। करण केसीलाई बाहिर राखी सोमपाल कामीलाई प्लेइङ–११ मा राखिएको छ।
ओपनर तथा विकेटकिपर आसिफ शेखलाई समेत विश्राम दिइएको छ। आजको खेलमा विकेटकिपिङको जिम्मेवारी लोकश बमले सम्हाल्ने भएका छन्।
नेपालको प्लेइङ ११
दिपेन्द्रसिंह ऐरी (कप्तान)
लोकश बम (विकेटकिपर)
कुशल भुर्तेल
भीम सार्की
आरिफ शेख
कुशल मल्ल
गुल्शन झा
रुपेश सिंह
सोमपाल कामी
नन्दन यादव
साहब आलम





Write your Comment