

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आजको संसद् बैठकमा स्वास्थ्य प्रतिकूलताको कारण उपस्थित नहुने भएका छन्।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी दिँदै भने, “स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री आज प्रश्नोत्तरका लागि संसद्मा आउन सक्ने स्थिति छैन।”
यससँगै आज निर्धारित प्रधानमन्त्रीसँगको सांसदहरूको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।
यसअघि तय भएको कार्यसूचीअनुसार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम सांसदहरूले उठाउने प्रश्नको जवाफ दिने तयारी गरिएको थियो।





Write your Comment