देशको राजनीतिको खाँबो आफैंले थेगेजस्तो लाग्छ : प्रचण्ड

रातोघर

 २०८२ भाद्र ४, बुधबार  मा प्रकाशित
२७५ पाठक संख्या


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले सरकारको नेतृत्वमा नभए पनि देशको राजनीतिको खाँबो आफैंले थेगेजस्तो महसुस भइरहेको बताएका छन्।

‘रङ्गीन घरहरू’ कथासङ्ग्रह लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले आफू प्रतिपक्षमा भए पनि पूरै जिम्मेवारी आफ्नै काँधमा रहेको जस्तो लाग्ने बताएका हुन्।

प्रचण्डले भने, “अहिले म सरकारको नेतृत्वमा छैन, प्रमुख प्रतिपक्ष दलको नेता मात्र छु। तर देशको राजनीतिको खाँबो मैले छोडेँ भने भत्किहाल्छ जस्तो लाग्छ। गर्ल्यामगुर्लुम ढल्ने पो हो कि जस्तो लाग्छ। पूरै जिम्मा मेरै काँधमा छ जस्तो लाग्छ। कहिलेकाहीँ लाग्छ— यस्तो त हुँदैन, जीवन त सीमित हो, अन्ततः अर्कोले नै काँधमा बोर्छ।”

उनले अहिले पनि जिम्मेवारीले निरन्तर थिचिरहेको उल्लेख गर्दै अन्तिम अवस्था नभएसम्म जिम्मेवारी पूरा गर्न समर्पित रहिरहनुपर्ने बताए।साथै, शान्ति प्रक्रियापछि पहिलो पटक प्रधानमन्त्री बनेको बेला साहित्य, कला र खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको स्मरण गर्दै उनले साहित्यप्रति आफ्नो लगाव निरन्तर रहने विश्वास व्यक्त गरे।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban