

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले अहिलेसम्म कुनै चुनाव नहारेको दाबी गरेका छन् ।
स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले जनताको सौभाग्यका कारण निरन्तर जित्दै आएको बताए । देउवाले भने, “जनताले भोट हाल्छन् त के गर्ने मैले ? पार्टीका सांसद र सबै दलले सहयोग गरे, त्यसैले प्रधानमन्त्री हुन पाएँ । त्यसकारण म एउटा सौभाग्यशाली व्यक्ति हुँ।”
उनले धेरै राजनीतिक दलका नेताहरू आफ्नो विपक्षमा उभिए पनि चुनावमा भने निरन्तर विजयी भइरहेको स्मरण गराए । देशका मालिक जनता भएकाले जनताको सेवामा समर्पित रहनुपर्नेमा उनले जोड दिए ।





Write your Comment