

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधविरुद्ध सुरु गरिएको हस्ताक्षर संकलन अभियानमा अहिलेसम्म ३४ लाख हस्ताक्षर संकलन भएको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार, हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ सहयोग पनि संकलन भएको छ । उनका भनाइअनुसार, अभियान पश्चिमदेखि पूर्वतर्फको यात्रामा निस्किएको छ भने हिजोदेखि सुदूरपश्चिमको कञ्चनपुरबाट सचिवालय सदस्य दीपक बोहराको नेतृत्वमा अभियान अगाडि बढाइएको छ ।
रास्वपाले असार ७ गतेदेखि पार्टी सभापति लामिछानेविरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर संकलन अभियान थालेको हो ।





Write your Comment