चीन–भारत समझदारी तेस्रो देशविरुद्ध होइन : वाङ यी

रातोघर

 २०८२ भाद्र ६, शुक्रबार  मा प्रकाशित
२४९ पाठक संख्या


काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले भारत–चीनबीचको पछिल्लो समझदारी कुनै तेस्रो देशविरुद्ध लक्षित नभएको स्पष्ट पारेका छन् । उनका अनुसार यो सहमति अन्य मुलुकलाई असर नपर्ने खालको हो ।

अमेरिकासँग भारत र चीनबीच व्यापार तनाव जारी रहँदा र नेपालको भूमि लिपुलेकबारे भएको समझदारीलाई लिएर आलोचना भइरहेका बेला वाङको यो अभिव्यक्ति आएको हो ।

भारत भ्रमण सकेर पाकिस्तान पुगेका वाङले इस्लामावादमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले त्यहाँ पाकिस्तानी विदेशमन्त्री इसहाक डारसँग भेटवार्ता गरेर क्षेत्रीय विषयमा छलफल गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban