सिभिल मलको खेलौना पसलबाट सक्कलीजस्तै पेस्तोल बरामद

रातोघर

 २०८२ भाद्र ६, शुक्रबार  मा प्रकाशित
२५५ पाठक संख्या


काठमाडौं । सुन्धारास्थित सिभिल मलमा रहेको द टोय स्टोर बाट प्रहरीले सक्कलीजस्तै देखिने खेलौना हतियार बरामद गरेको छ ।

प्रहरी वृत्त जनसेवाको टोलीले विशेष सूचनाका आधारमा गरिएको खानतलासीमा विभिन्न कम्पनीका ६ थान खेलौना पेस्तोल फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

उक्त स्टोर धादिङ नीलकण्ठ नगरपालिका–३ की सन्तोषी श्रेष्ठको स्वामित्वमा रहेको खुलेको छ । खानतलासीका क्रममा प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा पसलका कामदार सुरज मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban