

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी अञ्चल इन्चार्ज शेरधन राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारेको बहस भावनाले होइन, पार्टी निर्णयअनुसार मात्रै हुनुपर्ने बताएका छन्।
भोजपुरमा जन्मेकी भण्डारीसँग पुरानो सम्बन्ध रहे पनि राजनीतिक रूपमा पार्टीको विधि–पद्धतिबाहिर गएर सार्वजनिक रूपमा सक्रिय राजनीतिमा फर्किने घोषणा गर्नु एमालेले अपेक्षा गरेको शैली नभएको राईको भनाइ छ।
उनले भण्डारीले राष्ट्रपतिको हैसियतमा उत्कृष्ट छविका साथ नेतृत्व गरेको प्रशंसा गर्दै पनि पार्टीले गरिसकेको निर्णय बाहिर जान नमिल्ने स्पष्ट पारे।





Write your Comment