

काठमाडौं । आज सुनको मुल्य प्रति तोला एक लाख नजिक पुगेको छ।
साताको पहिलो दिन आज छापावाल तोलामा ३ सय रुपैयाँ बढेर तोलाको ९९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला सुनको भाउ भने दिनदिनै उकालो लागिरहेको छ।
त्यस्तै तेजाबी सुनको भाउ प्रति तोला ९६ हजार १ सय पुगेको छ। त्यस्तै चाँदीको भाउ प्रति तोला १२ सय ३० पुगेको छ।





Write your Comment