नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

रातोघर

 २०७७ श्रावण २५, आईतबार  मा प्रकाशित
२६१ पाठक संख्या


 

कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घन्टामा ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ । बाँकेमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ कि महिलाको आज दिउँसो कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टी भएपछि ती महिलालाई गत शुक्रबार कोहलपुर मेडिकल कलेजको आईसोलेशनमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो।

उनको मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक जानकारी गराउन बाँकी छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मधुमेहका रोगी ती उनमा साउन १७ गते संक्रमण पुष्टि भएको थियो ।

यस्तै, वीरगन्ज महानगरपालिका–२ की २० वर्षीया महिलाको हिजो दिउँसो मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाइपो थाइरोडिजमकी बिरामी ती महिलालाई थप उपचारका लागि नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा पुर्‍याइएको थियो । मृत्युपश्चात ती महिलाको स्वाब परीक्षण गर्दा आज मात्रै कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

Radiokantipur

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban