पुल्चोक झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि

रातोघर

 २०७७ भाद्र १९, शुक्रबार  मा प्रकाशित
३६५ पाठक संख्या


 

बिहीबार ललितपुरको पुल्चोकमा झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए। उनीहरूले परीक्षणका लागि कहिले स्वाब दिएको भने यकिन छैन।

उनका अनुसार ती १८ जना बिहीबारको झडपमा खटिएका प्रहरी हुन्।

‘५५-५६ जनाको पिसिआर टेष्ट गराएका थियौं। त्यसमा अहिलेसम्म १८ जनाको आएको हो। अरूको रिपोर्ट आउने क्रममा छ’, उनले भने।

त्यस्तै, शुक्रबार नै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा १३ जनामा संक्रमण देखिएको छ।

ट्राफिक प्रहरी महाशाखामा र काठमाडौं परिसरका १५-१५ जनामा संक्रमण देखिएको छ।  सेतो पाटि

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban