

देशभरी रगतको अभाव भईरहेको अवस्थामा रक्तदान कार्यक्रम बाट पोखरामा ७८ युनिट रगत संकलन भएको छ । लायन्स क्लब अफ पोखरा आदर्श चौतारी र फूलबारी क्लबले पोखरा महानगरपालिका वडा नं. ११ का दुई फरक ठाउमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७८ युनिट रगत संकलन भएको हो ।
कार्यक्रमको उदघाटन प्रमुख अतिथी लायन्स अन्तर्गत डिपार्टमेन्ट चिफ अफ ब्लड डेनोशन कार्यक्रमका केन्द्रिय अध्यक्ष बालकृष्ण शर्माले पहिलो रक्तदान दिपक प्रकाश आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गदै कार्यक्रमको उद्घाटन गरे । उनले देशभर रगत अभाव खड्किएको अवस्थालाई मध्यनजर गर्दै क्लबले गरेको प्रशंसनिय कार्यले मानविय उद्धारमा अग्रणी भूमिका निर्वाह गरेको बताए ।
क्लब अध्यक्ष मोहनराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा-११का वडा अध्यक्ष मोहनप्रसाद बास्तोला , जोन चियर पर्सन शिव बहादुर खड्का, आलमुलाई एशोसियसन गण्डकी की निर्देशक उर्मिला श्रेष्ठ, फूलबारी क्लवका अध्यक्ष हरिप्रसाद बास्तोला, स्वयमसेवी रक्तदाता समूहका संस्थापक तीर्थराज अवस्थी, आपतकालिन रक्तदाता समूहका व्यवस्थापक हरिशचन्द्र शर्मा, चाटर प्रेसिडेन्ट बासुदेव कोईराला, निवर्तमान अध्यक्ष भरतराज सिग्देल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
जहा आवश्यकता त्यहा लायन्स भन्ने उद्देश्य सहित क्लबले दैवी प्रकोप, शिक्षा, स्वास्थ्य र वातावरणमा विशेष सहयोग गर्दै आएको छ । मानविय कार्यक्रम अन्तर्गतको रक्तदान कार्यक्रमको स्वागत एवम् धन्यवाद सयोजक अर्जुन ज्ञवाली र सन्चालन सचिव दामोदर आचार्यले गरेका थिए ।





Write your Comment