बाँकेमा कोरोनाबाट एक पुरुषको मृत्यु

रातोघर

 २०७७ भाद्र २२, सोमबार  मा प्रकाशित
३५१ पाठक संख्या


कोहलपुर । नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीयको कोरोनाबाट मृत्यु भएको जनाइएको छ ।

उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतकलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो ।

यही भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो । भदौ १५ गते पिसीआर रिपोर्ट पोजिटिभ देखिएपछि घले आफैँले पैसा तिर्ने गरी बनाइएको इन्द्रेणी होटलको आइसोलेसन सेन्टरमा बसेका थिए । उनको भदौ १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban