भरतपुर र बुटवलमा संक्रमितको मृत्यु

रातोघर

 २०७७ आश्विन २६, सोमबार  मा प्रकाशित
५२८ पाठक संख्या


काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित महिला र बुटवलको कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु भएको छ । भरतपुरमा मृत्यु हुनेमा ४० वर्षीया महिला रहेकी छिन् । उनको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । १५ असोजमा ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनमा १९ असोजमा कोरोना पुष्टि भएको थियो ।

रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

 

यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताउनुभयो । योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्युहुनेको सङ्ख्या ४० जना पुगेको छ

 

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban