नेपाल कोरोना अपडेट : १९४८ नया सङ्क्रमित थपिए, चौबीस घण्टामा थप २८ जनाको मृत्यु

रातोघर

 २०७७ मंसिर १०, बुधबार  मा प्रकाशित
४३१ पाठक संख्या


 

काठमाडौं – नेपालमा कोरोना भाइरसका एक हजार ९४८ जना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २६ हजार २६ पुगेको छ । योसँगै सक्रिय सङ्क्रमित संख्या १६ हजार ६३९ छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १४० निको भएका छन् ।

निको हुनेको संख्या दुई लाख ७ हजार ९९८ छ । नेपालमा अहिले कोरोना संक्रमणमुक्त हुने दर ९२ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा थप २८जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३८९पुगेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban