थप ७७६ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

रातोघर

 २०७७ पौष २, बिहिबार  मा प्रकाशित
४४१ पाठक संख्या


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५८८ जनाको पिसिआर परीक्षण भएकोमा ७७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५१ हजार ६९२ पुगेको छ ।

अहिले देशभर ९ हजार ५८० जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा ९४७ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ४० हजार ३६३ पुगेको छ ।

 

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या एक हजार ७४९ पुगेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban