पर्सामा बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई प्रहरी जवान घाइते

रातोघर

 २०७७ माघ ३०, शुक्रबार  मा प्रकाशित
६२७ पाठक संख्या


पर्सामा। पर्सामा सशस्त्र प्रहरी र बालुवा तस्करबीच झडप भएको छ। बालुवा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको सशस्त्र प्रहरी टोली र तस्करबीच झडप भएको थियो । झडपमा परी सशस्त्र प्रहरीका दुई जवान गम्भीर घाइते भएका छन्।

घाइते भएका जवान मुकेश यादव र अयुव यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए। उनका अनुसार पिडारीगुठी र महादेवपट्टीको बोर्डर आउट पोस्टबाट प्रहरी टोली तस्करी नियन्त्रणका लागि गएका थिए।

जगन्नाथपुर गाउँपालिका–१ को ओरिया खोलामा बालुवा झिक्न नेपालपट्टीको दसगजा क्षेत्रमा आएका तस्करहरूसँग प्रहरीको झडप भएको थियो । तस्करहरूले बेल्चा प्रहार गर्दा प्रहरी घाइते भएको गौतमले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban