दुधौरा महोत्सव २०७७ मा आज रचना रिमाल आउदै, अन्य यी कलाकार पनि आउदै

रातोघर

 २०७७ फागुन २, आईतबार  मा प्रकाशित
११३८ पाठक संख्या


सिमरा 

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ स्थित दुधौरा खोलामा जारी दुधौरा महोत्सव २०७७ मा आज पनि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका छन् ।

 

महोत्सवको दोस्रो दिन आईतबार नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउन लागेका हुन् ।

महोत्सवमा आज चर्चित गायिका रचना रिमाल, चर्चित गायक रमेश श्रेष्ठ मेलोडि, गायक अरुण पौडेल, गायक सुशिल पौडेल, गायक ईश्वर पुडाशैनी लगायत चर्चित डान्सरहरुले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ । हिजोदेखि शुरु भएको महोत्सव फागुण ११ गतेसम्म चल्नेछ ।

द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लि विरगञ्जको आयोजना तथा प्रदेश मिडिया प्रा.लि सिमराको सह आयोजनामा महोत्सव शुरु भएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban