दुधौरा महोत्सवमा आज चर्चित गायिका ज्योती मगरको प्रस्तुती रहने

रातोघर

 २०७७ फागुन ६, बिहिबार  मा प्रकाशित
८३५ पाठक संख्या


जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ स्थित दुधौरा खोलामा जारी दुधौरा महोत्सव २०७७ मा आज पनि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने भएका छन् ।

महोत्सवको छैटौं दिन आज बिहिबार नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती देखाउन लागेका हुन् ।

महोत्सवमा आज चर्चित गायिका ज्योती मगर , देबेन्द्र कार्की,अरुण पौडेल, गायक सुशिल पौडेल, गायक ईश्वर पुडाशैनी ,शनि सुनार,अंकित तामाङ,अन्सु लगायत चर्चित डान्सरहरुले आफ्नो प्रस्तुती देखाउने कार्यक्रम छ ।  महोत्सव फागुण ११ गतेसम्म चल्नेछ ।

द लिड ईन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ प्रा.लि विरगञ्जको आयोजना तथा प्रदेश मिडिया प्रा.लि सिमराको सह आयोजनामा महोत्सव शुरु भएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban