अनेरास्ववियु बारा द्वारा निजगढ नगरपालिकामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

रातोघर

 २०७७ फागुन ७, शुक्रबार  मा प्रकाशित
१२७३ पाठक संख्या


अनेरास्ववियु बारा द्वारा निजगढ नगरपालिका मा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तसंचार केन्द्र बिरगंज को सहकार्य मा नेपाल रेडक्रस सोसाइटि संग समन्वय गरि प्रजातन्त्र दिवस को अवसर पारेर बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारि कार्यक्रम को सभापतित्व ग्रहण गर्नुभएका अनेरास्ववियु बारा जिल्ला सहसंयोजक कपिल खरेल ले जानकारि दिनुभयो ।                                                                                                                       कार्यक्रममा प्रमुख अतिथि को रुपमा बारा जिल्ला नेकपा इन्चार्ज तथा नेकपा केन्द्रिय सदस्य बलबिर चौधरि को उपस्थिति थियो ।
रक्तदान जिवनदान भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रम मा अनेरास्यवियु केन्द्रिय सचिवालय सदस्य त्रिलोक बिक्रम साह ठकुरि ले कार्यक्रममा बोल्दै युवाहरुलाइ सामाजिक कार्य मा लाग्न प्रेरित गर्नुभयो ।

कोभिड १९ को महामारिका कारण रहेको रक्त अभाव को समस्या लाइ समाधान गर्ने उद्धेश्य ले समेत यो कार्यक्रम महत्वपुर्ण रहेको अनेरास्ववियु केन्द्रिय सदस्य मनिष प्याकुरेल ले बताउनुभयो ।
कार्यक्रममा बिध्यार्थि नेता राजकुमार न्यौपाने,निर्जल घिमिरे,सुसान्त साह ठकुरि,स्याम न्यौपाने,सरोज महत्तो को उपस्थिति थियो ।
कार्यक्रमको सम्पुर्ण ब्यबस्थापन अनेरास्ववियु बारा जिल्ला कमिटि का सचिब स्यामकृष्ण घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै संयोजक सहनिले आगामि दिनमा यस्ता सामाजिक कार्यक्रम मा ससक्त ढंगले अनेरास्ववियु लाग्ने बताउनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban