गौरवका आयोजना वन्यजन्तुमैत्री बनाउन अध्ययन

प्रकाश कुमार लम्साल

 २०७७ फागुन १०, सोमबार  मा प्रकाशित
८७३ पाठक संख्या


बारा 

बारामा बन्ने राष्ट्रिय आयोजनाहरुमा वन्यजन्तु मैत्री पूर्वाधारका विषयमा पर्सा राष्ट्रिय निकुञ्ज बाराले अध्ययन थालेको छ । जिल्लामा तीन वटा गौरवका आयोजना ४ राष्ट्रिय आयोजना बन्दै गरेका र बन्ने चर्चामा रहेकाले निर्माणको पक्षमा बाघ र वन्यजन्तु मैत्री हुन सक्ने आधार यकिन गर्न अनुसन्धान थालिएको हो ।
पर्सा निकुञ्जसँगै जोडिएको काठमाडौं– तराई– मधेस जोड्ने द्रुतमार्ग, प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व पश्चिम रेलमार्ग, विस्तार हुने ४ लेनको पूर्व पश्चिम सडक राजमार्ग, हुलाकी राजमार्ग, सिमरा सेज, र वन क्षेत्रभित्र राखिएका हाइटेन्सन लाइनलगायतका विस्तारित पूर्वाधारहरु रहेका छन् ।

पूर्वाधार बन्दै गर्दा आयोजनाको डीपीआरमा वन्यजन्तुका बारे मैत्री रेखा नकोरिए पछि बाघ र अन्य वन्यजन्तुको बासस्थान क्षेत्रहरू टुक्रिँदै र साँघुरिदै गएपछि बाघ वन्यजन्तु दुर्घटनामा पर्ने र मानवीय क्षति बढ्न थालेसँगै सरकार तथा दातृ निकायको सहयोगमा अनुसन्धान थालिएको प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले बताए ।

सडक दुर्घटना र मानवीय क्षति रोक्नसमेत निकुञ्जले आफ्नो क्षेत्रमा पर्ने चालु अवस्थाको राजमार्गमा वारपारमा बाघ र वन्यजन्तुले देखाउने व्यवहार र क्रियाकलाप जान्न पनि पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका बाघमा अनुसन्धान सुरू गरेको हो ।
निकुञ्ज भित्र अध्ययन टोलीले पहिलो चरणमा स्वस्थ ५ वटा बाघ मध्येबाट एउटा बाघमा डार्ट गरेर १ महिनाको अध्ययन सुरु गरेको छ । विज्ञ र प्राविधिक टोलीले अध्ययनको लागि नियन्त्रणमा लिएको बाघको शरीरमा आधुनिक प्रविधिको रेडियोकलर जडान गरी, जीपीएस लोकेशनसहित जंगलमा छोडिसकेको र सो बाघको गतिविधि अध्ययन सुरु भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, आईयुसिएन नेपाल, युएमको प्राविधिक सहयोगमा निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागको सहकार्यमा पर्सा निकुञ्जसँगै जोडिएको पूर्वाधारबाट बढ्दो बाघ तथा वन्यजन्तुको संरक्षणका उपायसहितको डेढ वर्षिय अनुसन्धान थालिएको हो ।
तीनन दशकपछि वन्यजन्तु मैत्री पूर्वाधार बनाउन यो अध्ययन नेपालमै दोस्रो पटक बाराको पर्सा राष्ट्रिय निकुन्जमा सुरु गरीएको हो । अधिकृत साहले अब बन्ने ठूला साना पूर्वाधारहरु निर्माणमा कस्तो संरचना बनाउँदा वन्यजन्तु मैत्री हुने यो अनुसन्धानले प्रष्ट पार्ने बताउँदै आगामी दिनमा वन्यजन्तुहरूको व्यवस्थापन गर्न सजिलो हुने दावी गरे ।

पथलैया–अम्लेखगञ्ज र पथलैया–तामागढी सडक खण्डको १७ किलोमिटर भू–भाग पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको राष्ट्रिय राजमार्ग छ । हाल पर्सा राष्ट्रिय निकुञ्जको करिब १६ हजार हेक्टर क्षेत्रफलमा पाटेबाघ पाइन्छ यहाँ १८ बटा बाघ रहेको छ । पुस १८ गते पथलैया सडक खण्डमा एक वयस्क स्वस्थ्य पोथी बाघको दुर्घटनामा मृत्यु भएपछि पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका बाघमा अनुसन्धान सुरू गरीएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban