

दैलेख । दैलेखको डुङगेश्वर गाँउपालिकामा आमाले ३ बर्षिया छोराको हत्या गरेर आफुले आत्महत्या प्रयास गरेकी छन् । डुङगेश्वर गाँउपालिका–३ लेक्चा थिरबहादुर थापा मगरकी २९वर्षिय श्रीमती हिरा थापा मगरले ३ वर्षीया छोरा उमेश थापा मगरको हत्या गरेर आत्महत्या प्रयास गरेकी हुन् ।
डोरीमा झुण्डाएर छोरालाई मारेर लेक्चा खोलाको भिरबाट हाम फालेकी हिराले आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक अनुपम श्रेष्ठले बताए । ‘आफु समेत सख्त घाईते भएकी छन् । उनको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।’ उनले भने, ‘घटनाका बिषयमा अहिले अनुसन्धान भइरहेको छ ।’
बिहिबार दिउँसो १ बजेतिर हिराले छोरालाई पासो लगाएर हत्या गरेको आफुले भीरबाट हामफालेर आत्महत्या प्रयास गरेको स्थानीय गणेश थापा मगरले जानकारी दिए । ‘के कारणले घटना भएको हो । त्यो कुरा हुन सकेको छैन् ।’ उनले भने ,‘घाइते भएकी आमा उपचारपछि सन्चो भएपछि घटनाका बिषयमा जानकारी होला ।’





Write your Comment