

सिमरा ।
पछिल्लो समय युटुब मार्फत देशभर ख्याती कमाएका पत्रकार सन्तोष देउजाले सिमरा साहित्य समाजलाई रकम सहयोग गरका छन् ।
उनले समाजका सचिव कृष्ण सिग्देललाई नगद १० हजार हस्तान्तरण गर्दै आगामी दिनमा समाजको साथमै रहने बताएका छन् । यसअघि उनले जीतपुरसिमरा गोल्डकप आयोजकलाई नगद १ लाख सहयोग गरेका छन् ।
देशभरबाट युटुव मार्फत सामाजिक बिकृति र बिसंगतीका सवालमा भिडियो सामग्री बनाउने देउजा अन्य युटुवर भन्दा फरक धारमा काम गर्छन । चन्दा संकलनको बिरोध गर्ने गरेका उनले आफ्नो च्यानल मार्फन रकम संकलन नगरी आफुले कमाएको रकम सामाजिक कार्यमै खर्च गर्ने गरेका छन् ।
सिमरा बसेर लामो समय रेडियो पत्रकारितामा अब्बल देखिएका देउजा गीत लेखनमा समेत दख्खल राख्ने गरेका छन् । उनी समाजका संस्थापक उपाध्यक्ष हुन् ।






Write your Comment