सिमरा साहित्य समाजद्धारा ‘रचना वाचन कार्यक्रम’ , तीन दर्जन स्रस्टाले गरे रचना प्रस्तुत (भिडियो सहित)

रातोघर

 २०७७ चैत्र १४, शनिबार  मा प्रकाशित
९०५ पाठक संख्या


सिमरा ।

सिमरामा पहिलो पटक साहित्यीक जमघट कार्यक्रमको आयोजना गरिएको छ । सिमरा साहित्य समाजले आफ्नो पहिलो कार्यक्रम स्वरुप सो कार्यक्रमको आयोजना गरेको हो ।

होली पर्वको अवसर पारेर सिमरा स्थित नेरामावि सिमराको सभाहलमा सम्पन्न कार्यक्रममा करिब तिन दर्जन साहित्यीक स्रस्टाले आफ्रनो बिभिन्न बिधाका रचनाहरु प्रस्तुत गरेका छन् ।

कार्यक्रममा प्रस्तुत गरिएको करिब २५ रचनाहरुको संग्रह पुस्तिका समेत प्रकाशन गरिने भएको छ । सिमरामा अन्य सबै गतिविधिहरु हुने गरेपनी साहित्यीक गतिविधीमा पछि परेको भन्दै कतिपय स्रस्टाहरुले साहित्य समाजका आगामी कार्यक्रमका लागी शुभकामना समेत दिएका छन् ।

कार्यक्रममा राम प्रसाद अधिकारी, पदम रिजाल, बिदुर खड्का, बाल स्रस्ता रितिका अधिकारी, प्रनिसा पौडेल, गिता शर्मा, कृष्ण अधिकारी, सरु थापा, नारायण दत्त पौडेल, हरी प्रसाद सापकोटा, रञ्जिता बराल, पुष्कर पोखरेल, मोहन शर्मा लामिछाने, ऋषी काफ्ले लगाएतले सृजना वाचन गरेका हुन् ।

कार्यक्रममा बिद्यार्थीदेखी शिक्षक र समाजसेवी देखी बिभिन्न दलका नेता कार्यकर्ताले समेत रचना वाचन गरेका छन् । समाजका अध्यक्ष शालिकराम अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन कोषाध्यक्ष सिता अधिकारीले गरेकी थिइन् ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban