बढ्यो सिमरा-काठमाडौँ हवाई उडानको भाडा

रातोघर

 २०७८ बैशाख ८, बुधबार  मा प्रकाशित
८०६ पाठक संख्या


सिमरा / बैशाख । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् ।

निजी वायुुसेवा प्रदायक कम्पनीहरुको छाता संगठन एयरलाइन्स अपरेटर्स एसोसिएसन आफ नेपालले मंगलबार देखि लागु हुने गरि आन्तरिक हवाई भाडामा अधिकतम ८५ रुपैयाँसम्म वृद्धि गरेको हो ।

अन्तरिक हवाई सेवामा समेत इन्धनको मूल्य वृद्धि भएपनि साविकको भाडामा न्यूनतम १० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ सम्म वृद्धि गरिएको एसोसिएसनका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।

योसँगै अब हवाई यात्रुहरूले साविकको भाडामा भन्दा बढि भाडा तिर्नुपर्ने भएको छ । बाराको सिमराबाट काठमाडौँको लागि हुने उडानको पनि भाडा बढेको छ । अब सिमरा-काठमाडौँ र काठमाडौँ-सिमराका लागि हवाई यात्रा गर्दा १५ रुपैयाँ बढी भाडा तिर्नुपर्ने हुन्छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban