एकैदिन बाराका २२ जनामा कोरोना, वीरगन्जमा ९० जनामा संक्रमण

रातोघर

 २०७८ बैशाख ११, शनिबार  मा प्रकाशित
५०८ पाठक संख्या


वीरगन्जमा शनिबार एकै दिन ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा शनिबार साँझ १४० जनाको पीसीआर परीक्षण गर्दा ९० जनामा संक्रमण भेटिएको हो ।

कोरोनाको दोश्रो लहर सुरु भएयता वीरगन्जमा एकै दिन यति धेरै संख्यामा संक्रमित थपिएका हुन् । शनिबार संक्रमण भेटिएका ९० जनामध्ये पर्सा जिल्लाका ६५ जना छन् । बाराका २२ जना र रौतहटका तीन जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालका कोभिड कोर्डिनेटर डा सरोज रोशन दासले जानकारी दिए ।

यसअघि शुक्रबार साँझ पनि वीरगन्जमा थप ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । नारायणी अस्पतालकै प्रयोगशालामा शुक्रबार साँझ १३९ जनाको पीसीआर परिक्षण गर्दा ८६ जनामा संक्रमण भेटिएको थियो ।ती मध्ये पर्सा जिल्लाका मात्रै ६७ जना थिए ।

वीरगन्जको नारायणी अस्पतालमा अहिले ३२ जना संक्रमित उपचाररत छन् । ती मध्ये एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने अन्य अधिकांशलाई अक्सिजन लगाएर राखिएको डा दासले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban