बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

रातोघर

 २०७८ बैशाख २३, बिहिबार  मा प्रकाशित
४३७ पाठक संख्या


बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा त्रिवेणी नगरपालिका–९ मलालगाउँ की १४ वर्षीया परिर्वतन (नाम मालिका १६) सभ्यता बुढाको शरीरमा पेट्रोल छर्कि आगो लगाएर उनीहरु फरार भएका थिए ।

घटनापछि फरार दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी देवेन्द्र जोशीले बताएका छन् । सोही नगरपालिका ८ कालापानीका १६ वर्षीय सुमन गिरी र १६ वर्षीय शिखर थापालाई वैशाख २० गते साँझ प्रहरीले पक्राउ गरेको सुचना अधिकारी जोशीले जानकारी दिए ।

फरार दुबैजना त्रिबेणी नगरपालिका ८ बुढीगंगा नदी किनारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले बताए । घाइते बालिकाको शरीरको बाया भागको ढाड र कम्मर जलेको छ । बालिकाको जिल्ला अस्पतालमा उपचारपछि अभिभावकको जिम्मा लगाएको प्रहरीले बताएको छ । बालिकाको शरीरमा आगो लागेको अन्यले देखेपछि आगो निभाएका थिए ।

पीडित बालिकाका काका संजय बुढाले दिएको उजुरीका आधारमा मंगलबार नै जिल्ला अदालत बाजुरामा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ। जिल्ला अदालत बाजुराले मंगलबार दुबैजनालाई बालबालिका सम्बन्धी ऐन २०७५ बमोजिम ५ दिनको म्याद थपगरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

कोरोनाका कारण ५५ वर्षीया महिलाको मृत्यु

जिल्ला अस्पताल बाजुरामा कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–३ की ५५ वर्षीया जुना रोकायाको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुडामणी पन्तले जानकारी दिए । उनका उपचारको क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएकी उनलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पन्तले बताए ।

आइसोलेसन कक्षमा राखेर भेन्टिलेटरमा उपचार गराईरहको उनको बुधबार दिउँसो मृत्यु भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । मृतकको शब नेपाली सेनाले ब्यबस्थापन गर्ने जनाइएको छ । दोस्रो लहरको कोभिड फैलिएपछि बाजुरामै कोरानाले मृत्यु भएको यो पहिलो घटना हो । अहिलेसम्म बाजुरामा १ सय ७ जनामा कोभिड १९ संक्रमण भएको छ । जिल्ला अस्पताल बाजुराको आईसोलेशनमा ९ जनाको उपचार भईरहेको छ भने बाँकी सबै होम आईसोलेशनमा रहेको जिल्ला अस्पताल बाजुराका कोभिड फोकल पर्सन चुडामणी पन्तले जानकारी दिए । एक जना निको भएर घर फर्कीएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban