वीरगञ्जमा गरिएको परीक्षणमा १५१ जना कोरोना संक्रमित थपिए

रातोघर

 २०७८ बैशाख २३, बिहिबार  मा प्रकाशित
३९२ पाठक संख्या


वीरगञ्ज, २३ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणअनुसार १ सय ५१ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।

पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलित १ सय ९२  जनामध्ये १ सय ३२ जनाको आरटी पिसिआर र १९ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

जसअन्र्तगत पर्सा जिल्लाका १ सय ९ जना, बाराका ३० जना, सर्लाहीका ७ जना र रौतहटका ५ जनामा संक्रमण पुष्ठि भएको छ । ५६ जना महिलासहित थपिएका संक्रमितहरु ६ वर्षदेखि ८८ वर्ष उमेर समुहका रहेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban