

देवदह । स्याङ्जा जिल्ला वालिङ १२ – भण्डारीथुम्का माईति घर तथा साविक पिडिखोला गाबिसको कुभिन्डे गाउँ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका शितलनगरमा बसोबास गर्दै आउनु भएकि छविकला चापागाईको आकस्मिक निधनले दुई नाबालक भएको र उनिहरुमा बज्र’पात परेको छ ।
ति दुई सन्तानलाई दैनिकि चलाउन समेत अप्ठ्यारो भईरहेको छ । भएको सम्पति पनि वहाँकै उपचारार्थ सकिसकेकोले ति दुई बच्चाहरुको लेखपढ त परको कुरा हो दैनिक खानपानको लागी नाबालकहरुको समेत गाह्रो हुदै आईरहेको छ । ति नाबालकहरुको सहयोग अभियानमा सक्दो सहयोग गरेर बच्चाहरुको जिवन रक्षामा सरिक हुन समेत हार्दिक अपिल गरिएको छ ।
सोहि अभियानमा साथ दिदै देवदह नगरपालिकामा संचालित पहिलो अनलाईन अन्जुली अनलाईनले पिडित बालबालिकालाई नगद रु ५००० सहयोग गरेको छ । समाजमा हुने हरेक गतिबिधिहरुमा नाबालक मिडियाले आफुलाइ सहयोगीको रुपमा अघि ल्याईरहेको छ । समाजमा हुने बिभिन्न सहि र गलत कार्यको सम्मान र बिरोध सहित समाजप्रति उत्तरदायि रहि अघि बढ्ने प्रयत्न गर्दै अघि बढेको अन्जुली अनलाईनले समाजका बिभिन्न क्षेत्रहरुमा आफुलाई प्रस्तुत गरिरहेको छ ।
ति बालकहरुलाई सहयोगको लागी निम्न बैन्क खातामा रकम पठाउन को लागी समेत हामि तपाई सम्पुर्णलाई आग्रह गर्दछौ ।
Acc no. 1007010003409
global ime Bank
Acc Name: kamala bhandari
ktm branch
Or,
03605030287111
Investment Bank
Acc Name: kamala bhandari
ktm branch
Mob: 9843685717 , 9813132961





Write your Comment