होटल ब्यवसायी शर्माको जन्मदिनको उपहार : `कोभिडका बिरामीलाई आफ्नै होटेलमा निशुल्क आईसोलेसन´

रातोघर

 २०७८ जेष्ठ ६, बिहिबार  मा प्रकाशित
१५८३ पाठक संख्या


सिमरा।

प्रदेश दुईका पर्यटन अभियन्ता मोहन शर्मा लामिछानेले आफ्नो होटललाई नि-शुल्क आइसोलेशन सेन्टर बनाउनका लागि प्रदान गर्ने भएका छन् ।

होटल न्यू सगुनका सञ्चालक मोहन शर्मा लामिछानेले आफ्नो ४७ औँ जन्म दिनको अवसरमा बारा जिल्ला जितपुर सिमरा उप-महानगरपालिकामा रहेको होटललाई ३० बेडको आइसोलेशन सेन्टर बनाउन आफूले दिने बताए ।

शर्माले जन्म दिनको अवसरमा कोभिड १९ को दोस्रो भेरियन्टको कहर बढदै गैरहेको अवस्थालाई मध्य नजर गर्दै आफुआवद्ध संस्था जितपुरसिमरा नगर उद्योग बाणिज्य संघ मार्फत सिमरामा संचालित होटल सगुन लाई आवश्यकता अनुसार लगडाउन अवधिभर सुबिधा सम्पन्न आईसियू वार्ड संचालन गर्न र आईसोलेशन कोठा १५ (करिव ३० बेड) नि-शुल्क उपलब्ध गराउने बताए ।

यस्तै जन्म दिनको अवसरमा आफु जन्मीएकोे गोर्खाको आरुघाट गाउँपालिका स्थित आरुटारमा रहेका आफ्ना छिमेकिहरुका लागि २१ हजार बराबरको सामाग्री ( हेण्ड वास, माक्स, सेनिट्राईजर, औसधी , अक्सोमिटर) उपलब्ध गराउने बताए।

शर्माले आफु माध्यामिक तह सम्मको अध्यन गरेको श्री भिमोदय उच्च मा बि आरुघाटबाट ४७ सालमा एसएलसी दिएको र आजै आफु ४७ वर्ष पुगेको अवसरमा उक्त विद्यालयको बिद्यार्थी छात्रवृत्ति अछय कोष (गरिव, दलित र जेहन्दार विद्यार्थी) का लागि ४७ हजार उपलब्ध गराउने बताए।

प्रदेश २ मा विगत लामो समय देखि होटल तथा पर्यटन क्षेत्रमा सक्रिय शर्मा नाट्रा प्रदेश २ का अध्यक्ष, जितपुर सिमरा नगर उध्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष ,होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का महासचिव, तथा सिमारामा रहेकाे होटल न्यू सगुन , अमलेखगञ्जमा रहेको एलिफेन्ट भिलेज रिसोर्ट र अप्सरा टुर्स एण्ड ट्राभलका सञ्चालक हुन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban