ए! सरकार प्रवासीको आँखा भित्र समुन्द्र छ सरकार( भिडियो सहित)

रातोघर

 २०७८ जेष्ठ ७, शुक्रबार  मा प्रकाशित
१०४२ पाठक संख्या


‘न्याय पाइनँ’ भन्दै आउने को किशोरी हो?
माफ गर्नुहोस् श्रीमान् ऊ हाम्रै छोरी हो।

भाषणमा त भन्नुहुन्थ्यो देश सुन्दर बनाउँछु
सन्ततिले सराप्ने खेल कस्तो फोहोरी हो।

तपाईँले बुझ्नै पर्ने कुरा बुझ्नुहोस् बिन्ती
जिम्मेवारी पुरा नगर्नु त्यो पनि चोरी हो।

प्रवासीको आँखा भित्र समुन्द्र छ सरकार
पानी नदेख्नु त्यो तपाईँको कमजोरी हो।

‘नेताको छोरा’ भनेर गिज्याउछ्न् स्कुलमा
बुवा! के नेताको अर्को नाम घुसखोरी हो?

श्री भवानी नेपाल                                                                                                                                 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban